आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली भूमिमा भवन बनाएर चीनले भन्यो : चीनमै बनाएको हो !

नेपाली भूमिमा भवन बनाएर चीनले भन्यो : चीनमै बनाएको हो !

  • मिडिया डबली
  • बुधवार, आश्विन ७ २०७७

  • 6.2K
    SHARES

  • नेपाली भूमिमा भवन बनाएर चीनले भन्यो : चीनमै बनाएको हो !

     काठमाडौं - हुम्लाको लाप्चामा नेपाली भूभाग मिचेर भवन बनाएको ठाउँ आफ्नै भएको चीनले जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले त्यसको खण्डन गरी आफ्नै भूभागमा भवन बनाएको दाबी गरेको हो।

    दूतावासले मंगरबार राती विज्ञप्ती जारी गरेर चीनमै भवन बनाएको र नेपालले यसबारे यसबारे थप प्रमाणीकरण गर्न सक्ने बताएको छ। दूतावासले त्यति मात्रै हैन कतै पनि सीमा नमिचेको भनेको छ। विज्ञप्तीमा भनिएको छ, ‘चीन र नेपाल मित्रवत छिमेकी हुन्। चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधेँ सम्मान गर्दै आएको छ। मिडियामा उल्लेख गरिएका भवनहरु चीन नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ। नेपाली पक्षले फेरी प्रमाणीकरण गर्न सक्नेछ। चीन नेपालबीच सीमा विवाद छैन। दुवै पक्षले सीमा मामिलामा सधैँ नजिक रहेर सूचना आदानप्रदन गर्दै आएका छन्।’

    हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपाली भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवन बनाएको हो। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिर१जीवी गिरी नेतृत्वको टोलीले त्यहाँ गएर निरीक्षण फर्केको छ। स्थलगत निरिक्षणमा नेपालको ११ नम्बरको पिल्लर हराएको छ। १० र १२ मात्रै भेटिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:३१:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend