काठमाडौं- चीनले अतिक्रमण गरेर नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र चीनले नौ वटा भवन बनाइसकेको खबरहरु सर्वत्र छन् । अतिक्रमण मात्रै हैन्, हुम्लास्थित लाप्चा क्षेत्र चिनियाँ सैनिकले चीनको भन्दै नेपालीलाई प्रवेश गर्न रोकेको छ ।
यसबाहेक, मङ्गलबार साँझ चिनियाँ राजदूतावासले विज्ञप्ति जारी गर्दै उक्त भुमी चीनकै रहेको दाबी गरेको छ । चीनलेविज्ञप्ती जारी गर्दै भनेको छ, ‘मिडियामा उल्लेख गरिएका भवनहरु चीन नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ ।’
नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ चिनियाँ पक्षले निर्माण कार्य गरिरहेको क्षेत्र नेपालको रहेको स्पष्ट समेत पारिसकेका छन् । यद्यपी परराष्ट्र मन्त्रालय भने अझै पनि केही बोलेको छैन् ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली उक्त क्षेत्रमा पुगी अध्ययन तथा छलफल गरिसकेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी सुरक्षाकर्मीसहित सो क्षेत्रमा पुगेका हुन् ।
त्यो क्षेत्रमा सीमा स्तम्भ नै गायब गरिएको छ । स्तम्भको खोजी कार्य भइरहेका छ । चिनियाँ पक्षले भने नेपाली पक्षले पुनः प्रमाणिकरण गर्न सक्ने भन्दै हठ कसेको छ । तर, नेपालका वरिष्ठ अधिकारीहरुनै विवादास्पद क्षेत्रमा पुगेर छलफल गरेका छन् ।
यसबारेको रिपोर्ट गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत पुगेको छ । तर, परराष्ट्र मन्त्रालयले अतिक्रमित उक्त भूभागबारे अहिलेसम्म केही बोलेको छैन ।
कैलाश मानशरोवर क्षेत्र स्पष्ट देखिने उक्त क्षेत्र भूसामरिक दृष्टिले महत्वपूर्ण छ । तर, यस विषयमा परराष्ट्र मन्त्रालयले कुनै प्रतिकृया दिएको छैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।