काठमाडौं- नेपाल सरकारले हुम्लामा बनेको भवन चिनियाँ भूभागमै बनेको बताएको छ । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित नियमित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले, '२०७३ सालमा बनेको अन्तर मन्त्रालय टोलीले सो भवन चिनियाँ भूभागमै बनेको भनेर प्रतिवेदन दिएको बताएका छन् । पत्रकारसँग बोल्दै मन्त्री ज्ञवालीले भने, २०७३ सालमा पनि यस्तै समाचारहरु आएपछि त्यस बेलाको सरकारले अन्तर मन्त्रालय टोली निर्माण गरेर अध्ययन गराएको थियो। त्यसले ती भवनहरु चीन क्षेत्रमा एक किलोमिटर भित्र बनेको प्रतिवेदन दिएको थियो ।'
यस्तै उनले नेपाल चीनबीच भुमी विवाद नभएको समेत बताएका छन् । उनले भने, 'यस्तो संवदेनशील विषयमा समाचार प्रकाशित गर्नुअघि त्यस सम्बन्धित विभागहरुमा बुझ्न आग्रह गर्दछु। नेपाल र चीनबीच सीमा विवाद छैन।'
ज्ञवालीले अहिले हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली स्थलगत भ्रमणमा रहेको र सो टोलीले कुनै नयाँ कुरा ल्याए त्यस विषयमा जानकारी गराउने समेत बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।