काठमाडौं - महानगरीय अपराध महाशाखा काठमाडौंले ललितपुरको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले शुक्रबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ का २१ वर्षीय अनिश महर्जनलाई इमाडोलबाट पक्राउ गरेको जनाएको छ ।
महर्जनले बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हानेका थिए ।
पक्राउ परेका महर्जन पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडपमा संलग्न भएको भन्दै प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।