आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

अधिकारीले स्वास्थ्य मन्त्रालय ताकेपछि मन्त्री ढकालको बोलचाल बन्द

अधिकारीले स्वास्थ्य मन्त्रालय ताकेपछि मन्त्री ढकालको बोलचाल बन्द

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 12.4K
    SHARES

  • अधिकारीले स्वास्थ्य मन्त्रालय ताकेपछि मन्त्री ढकालको बोलचाल बन्द

     काठमाडौं - प्रधानमन्त्री केपी ओली अहिले होम आइसोलेसनमा बसेका छन् । आफ्ना सचिवालयका अधिकांश र सुरक्षामा खटिएका सेना र प्रहरी गरी ६४ जनामा कोरोना संक्रमित भएपछि प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका हुन् ।

    जसका कारण मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुने देखिएको छ । प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति नजुटे पनि नेकपा सांसदहरूबीच मन्त्रालयलका विषयमा चासो देखिएको छ ।

    यसैक्रममा सबैभन्दा बढी विवादमा परेका छन् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । उनी ओली निकट नेता हुन् । तर, स्वास्थ्यमन्त्री ढकालको कार्यसम्पादनप्रति ओली आफैं सन्तुष्ट छैनन् ।

    त्यसैले अब हेरफेरमा ढकाल पनि पर्न सक्ने अनुमान गरिएको छ । स्वास्थ्य मन्त्री ढकाल पनि हट्ने सूचीमा रहेको हल्लापछि प्रधानमन्त्री ओलीका अर्का विश्वासपात्र खगराज अधिकारीले स्वास्थ्य मन्त्रालयमा चासो देखाएका छन् ।

    उनी पूर्वस्वास्थ्यमन्त्री पनि हुन् । आफ्नो मन्त्रालयमा अधिकारीले आँखा लगाएको सुइँको पाएपछि ढकाल र अधिकारीबीच बोलचाल बन्द भएको बुझिएको छ । दुवै ओलीकै गुटका नेता हुन् ।

    ढकालभन्दा अधिकारीको कार्यसम्पादन राम्रै देखिएकाले यदि ढकाल हटाइएमा अधिकारी स्वास्थ्यमन्त्री नियुक्ति हुन सक्ने नेकपा स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०६:११:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend