सुनसरी- सुनसरीको इनरुवामा एक पुरुषले श्रीमती जिस्काएको निहुँमा वृद्धमाथि खुकु री प्रहा र गरेका छन् । आफ्नी श्रीमती जिस्काएको भन्दै इनरुवा ८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला माथि खुकरीले आक्रमण गरेका हुन् ।
उनले प्रहार गरेको खुकु रीबाट श्रीमानलाई जोगाउन खोज्ने क्रममा वृद्ध कोइरालाकी श्रीमती भगवती समेत घाइते भएकी छिन् । घटना शनिबार साँझको भएपनि सार्वजनिक नहुँदा बाहिर आएको थिएन् ।
अहिले खड्कालाई नियन्त्रणमा लिएर प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी कार्वाहीको प्रकृया अघि बढाएको छ । घाइते दम्पतीको बिराट नर्सिङ होममा उपचार भइरहेको र वृद्धको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।