काठमाडौं- नेपालमा मात्रै हैन् विश्वभर कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन छ । तर, ललितपूरमा भने रातो मच्छिन्द्रनाथको रथ यात्रा भन्दै हुलका हुल भिड बनाएर कोरोना संक्रमण फैलिन जोखिम गरिरहेका स्थानीयले प्रहरीमाथि निर्घात कुटपिट गरेका छन् ।
ललितपूर जिल्ला प्रशासनले नै रथ यात्रामा रोक लगाउँदा पनि स्थानीयहरुले रथ तानेका थिए । उपत्यकामा बढ्दो संक्रमणकाबीच झनै संक्रमण फैलिने भन्दै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए ।
यसबीच रथ तानिरहेका ललितपूरका स्थानीयहरुले प्रहरीमाथि आक्रमण गरेका हुन् । सोही क्रममा एक हुल युवाको समुले ड्यूटीमा खटिएका प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेका हुन् ।
जनताकै लागि सेवामा खटिएका प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।
त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।
महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको र दोषीलाई पत्ता लगाएर कार्बाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।