काठमाडौं- ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दामा अनुसन्धान हुने भएको छ ।
बिहीबार ललितपुरकाे पुल्चाेकमा ड्युटिमा खटिएका ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले हिजो नै पक्राउ गरेको थियो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति लिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।