आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आजराति १० बजेबाट कर्फ्यु हट्ने, रथ भएको क्षेत्र २६ गतेसम्म निषेध

आजराति १० बजेबाट कर्फ्यु हट्ने, रथ भएको क्षेत्र २६ गतेसम्म निषेध

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 5.3K
    SHARES

  • आजराति १० बजेबाट कर्फ्यु हट्ने, रथ भएको क्षेत्र २६ गतेसम्म निषेध
    फाइल तस्वीर

    काठमाडौं- ललितपुरमा आज राति १० बजेबाट कर्फ्यु हट्ने भएको छ । बिहीबार स्थानीय र प्रहरीबीच झडप भएपछि लगाइएको कर्फ्यु लगाइएकाे थियाे ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समिति बैठकले राति १० बजेबाट कर्फ्यु खोल्ने निर्णय गरेको हो ।

    परम्परागत रुपमा चल्दै आएको जात्र संचालन गर्नुपर्ने माग गर्दै आएका स्थानीय र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि कर्फ्यु लगाएको थियो । पूर्णरुपमा जिल्लामा कर्फ्यु हटेपनि रातो मत्स्येन्द्रनाथको रथ भएको ठाउँ वरपरको क्षेत्रलाई भने निषेधित क्षेत्र तोकिएको छ । यो क्षेत्रमा २६ गतेसम्म हिडडुल तथा कुनैपनि गतिविधि गर्न रोक लगाउने निर्णय भएको छ ।

    त्यसक्षेत्रमा भोलि देखि लागू हुनेगरी बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेत्राज्ञा लागू हुने भएको हो , बिहीबारको झडपमा एक ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन् । त्यस्तै प्रहरीको लाठी चार्जबाट केही स्थानीय पनि घाइते भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०८:५९:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend