आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पुल्चोकको झडपमा १८ काेराेना संक्रमित रहेकाे पुष्टि, काे हुन् र अब के हुन्छ ?

पुल्चोकको झडपमा १८ काेराेना संक्रमित रहेकाे पुष्टि, काे हुन् र अब के हुन्छ ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 6.4K
    SHARES

  • पुल्चोकको झडपमा १८ काेराेना संक्रमित रहेकाे पुष्टि, काे हुन् र  अब के हुन्छ ?

    काठमाडौं- हिजाे (बिहीवार) पुल्चाेकमा भएकाे झडपमा रहेका १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । १८ जनै झडप नियन्त्रणमा खटिएका प्रहरीहरू हुन् ।

    शुक्रबार काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण भएकोपुष्टि भएको हाे । संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत रहेकाे खुलेकाे हाे ।

    भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

    कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

    रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरी खटिएको थियो । सोहीमध्येका १८ प्रहरीमा संक्रमण देखिएको हो ।

    त्यहाँ खटिएका प्रहरीमा संक्रमण भएपछि उनीहरूबाट अरूमा पनि संक्रमण फैलिएकाे हुनसक्ने आशंका गरिएकाे छ । सामान्य अवस्थामा काेराेना संक्रमितकाे कन्ट्याक्ट ट्रासिंग हुन्छ तर, पुल्चाेककाे झडप र ठूलाे भिडकाे कन्ट्याक ट्रासिंग भने अब, के हाेला भन्ने प्रश्न उठेकाे छ ।

    यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०९:४७:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend