दैलेख- दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु मरणासन्न छन् । दुई गोरुमध्ये एउटा गोरुको अगाडीको दुइ वटै खुट्टा काटिएको छ । पुच्छर छैन । अर्को गोरुको नाकमाथि छेदबिच्छेद हुने गरी काटिएको छ । दुई वटै गोरुका गर्धनमा पटक–पटक हतियार प्रयोग गरिएको छ ।
भैरवी–२ रावतकोटस्थित सोबिन थापाले बारी मल्न घरदेखि टाढा गोरु बाँधेका थिए । उनको घरदेखि बारीमा पुग्न करिब पाँच मिनेट समय लाग्छ । पीडित थापाका अनुसार बिहान घाँस हाल्न जाँदा रक्ताम्मे अवस्थामा गोरु भेटिए ।
“गोरुको गएराती नै खुट्टा र मुख काटिएको हुनुपर्छ, बिहान मात्रै यसबारे थाहा पाए”, थापाले भने । बिहान गाउँपालिका र प्रहरीलाई खबर गरेपछि दुई जनालाई प्रहरी चौकी सिलङ्गी लगिएको छ । रातिको समयमा गोरु कराएको गाउँलेले सुनेका उनले जानकारी दिए ।
सोही वडाका वडाअध्यक्ष हरिबहादुर थापाका अनुसार बाघले आक्रमण गरेको हुनसक्ने भन्दै उनीहरु त्रासले बाहिर आउन सकेनन् । गोरु काटेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरवी–२ का शंकास्पदरुपमा स्थानीयवासी दुई जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर सावदले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।