सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

मन्त्री बन्न भीम रावलले यतिसम्म गरेपछि..

मन्त्री बन्न भीम रावलले यतिसम्म गरेपछि..

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 144.3K
    SHARES

  • मन्त्री बन्न भीम रावलले यतिसम्म गरेपछि..

     काठमाडौं - नेकपाका नेताहरू सत्तामा जान पाएपछि के केसम्म गर्दा रहेछन् भन्ने गतिलो उदाहरण नेता भीम रावल बनेका छन् ।

    पार्टीमा माधवकुमार नेपाल पक्षका रावल प्रधानमन्त्री केपी ओलीका कट्टर आलोचक हुन् । आफूलाई मन्त्री नबनाएपछि साढे दुई वर्षदेखि रावलले ओलीको कटु आलोचना गर्दै आएका छन् ।

    उनले आफ्ना असन्तुष्टि र सरकारका गलत क्रियाकलापबारे सामाजिक सञ्जालमा लेख्दै आएका छन् । सार्वजनिक मञ्चमा पनि उनले ओलीको आलोचना गर्न छाडेका छैनन् ।

    कतिसम्म भने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गर्ने सरकारको तयारीपछि उनी एकाएक राष्ट्रवादी बने । उनले कुनै हालतमा पनि एमसिसी पारित गर्नु हुन्न, यो नेपाल र नेपालीका लागि ठूलो धोका हुने भन्दै लबिङ गरे । एमसिसीलाई लिएर पार्टी नै विभाजित बन्यो ।

    त्यसबारे अध्ययन गर्न कार्यदल बन्यो । उनी कार्यदलको सदस्य पनि बने । पछि पार्टीको विवाद समाधान गर्ने ६ सदस्यीय कार्यदलको सदस्य पनि बने ।

    तर अहिले भीम रावल कतै देखिन्नन् । सामाजिक सञ्जालमा त उनी गायब नै छन् । सरकारको विरोधभन्दा समर्थन गर्ने गरी लेख्न थालेका छन् ।

    उनको यो लचकतालाई मन्त्री बन्ने अभियान भएको सबैले बताउन थालेका छन् । अब मन्त्रिपरिषद् पुनर्गठनमा उनले आफ्नो दाबेदारी प्रस्तुत गरेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १२ २०७८०१:१८:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend