सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

सुदूरपश्चिम नेकपामा भीम रावल नै बलियो, ओलीले लेखराज भट्ट लगे पनि परेन प्रभाव

सुदूरपश्चिम नेकपामा भीम रावल नै बलियो, ओलीले लेखराज भट्ट लगे पनि परेन प्रभाव

  • मिडिया डबली
  • आइतवार, माघ १८ २०७७

  • 14.5K
    SHARES

  • सुदूरपश्चिम नेकपामा भीम रावल नै बलियो, ओलीले लेखराज भट्ट लगे पनि परेन प्रभाव

    काठमाडौं - प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओलीले कृपा गरेर सुदूरपश्चिम प्रदेशबाट चार मन्त्री बनाए पनि शनिबारको प्रचण्ड–माधव समूहको बृहत् जनप्रदर्शनले ओली पक्षलाई धक्का लागेको छ ।

    चार मन्त्री लिएर ओलीले केही दिनअघि कञ्चनपुरमा बृहत् सभा आयोजना गरेका थिए । तर, शनिबार प्रचण्ड माधव समूहले जुटाएका जति मानिस सहभाी थिएनन् । नेकपामा सुदूरपश्चिम प्रदेशमा भीम रावललाई बलियो मानिँदै आएको थियो ।

    तर, ओली समूहले रावललाई एक्लो बनाएर भटाभट चार नेतालाई मन्त्री बनाइदिएको थियो । शनिबार धनगढीबाटै भीम रावलले भट्टलाई ओलीको दलाल भनेर भाषण गरिदिए । भट्टकै गढ मानिएको ठाउँमा रावलको त्यो भाषणले विशेष अर्थ राख्ने बताइन्छ ।

    प्रचण्ड नेपाल समूहले धनगढीमा ४० हजार मानिस जुटाउने घोषणा गरेको थियो । त्यति जनता नजुटे पछि कम्ती २५ हजार सहभागी भएको बताइन्छ । धनगढीको प्रदर्शनपछि प्रचण्ड, माधव नेपाल, भीम रावल निकै उत्साहित भएको बताइन्छ ।

    प्रधानमन्त्री ओलीले कञ्चनपुर पुगेर रावलको उछितो काढेका थिए । उनले के विषयको डाक्टर भन्दै रावललाई गिज्याएका थिए । तर, हिजोदेखि ओलीको बोली बन्द भएको बताइन्छ ।

    प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शनिबार सुदूरपश्चिमको धनगढीमा आयोजना गरेको विरोध सभा सफल भएकामा सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले भीम रावलको प्रशंसा गरेका छन्।

    नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज नेता रावलले फेरि एकपटक आफूलाई अब्बल र जनतामा लोकप्रिय नेताका रूपमा प्रमाणित गरेको नेता रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १२ २०७८०१:१८:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend