काठमाडौं - सत्तारुढ नेकपाको आन्तरिक विवादमा रष्ट्रपति विद्यादेवी भण्डारीले हस्तक्षेप गरेपछि पार्टीभित्रै आलोचना सुरु हुन थालेको छ ।
प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा पुगेपछि राष्ट्रपतिले नेकपामा हात हालेकी हुन् । राष्ट्रपति भएपछि उनले पार्टी सदस्यताबाट राजीनामा दिए पनि अहिले प्रत्यक्ष राजनीतिमा उत्रेकी छन् । जसलाई नेकपाकै नेताहरुले मन पराइरहेका छैनन् ।
राष्ट्रपतिले नेकपाको कुनै एक पक्षलाई साथ दिँदै आएको भन्दै नेता भीम रावल आक्रोशित भएका छन् । उनले राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा उल्लंघन गरेकोसमेत आरोप लगाएका छन् ।
नेता रावलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको सक्रियताको विरोध गरेका छन् । उनले लेखेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।
यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।