सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

एमालेको बन्दसत्र दुई दिनदेखि उपलब्धिहीन, रावल र भुसालले देखाइदिए ओलीलाई तिरिमिरीझ्याइँ

एमालेको बन्दसत्र दुई दिनदेखि उपलब्धिहीन, रावल र भुसालले देखाइदिए ओलीलाई तिरिमिरीझ्याइँ

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 7.2K
    SHARES

  • एमालेको बन्दसत्र दुई दिनदेखि उपलब्धिहीन, रावल र भुसालले देखाइदिए ओलीलाई तिरिमिरीझ्याइँ

    काठमाडौं - चितवनको सौराहा जारी एमाले महाधिवेशनको बन्दसत्र दुई दिनदेखि उपलब्धिहीन भएको छ।

    सर्वसम्मतका नाममा अध्यक्ष केपी ओलीले आफूखुसी केन्द्रीय समितिको लिस्ट बनाउन थालेपछि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने अडान राखेका छन् । जसकारण ओलीले तिरिमिरीझ्याइँ देखेका छन् ।

    भीम रावललाई उपाध्यक्षमै राख्ने, भुसाललाई उपाध्यक्षमै राख्ने र आफ्ना गुटका नेतालाई मात्र माथिल्लो पदमा लैजान खोजेपछि एमालेको बन्दसत्र दुई दिनदेखि अलपत्र अवस्थामा छ ।

    महाधिवेशन प्रतिनिधिको काम अहिले फोटो खिचाउने र देउडा नाचेरै बित्ने गरेको छ । केपी ओलीले सहमति नभइकन आफू सफारी रिसोर्टबाट बन्दसत्र हलमा नजाने चेतावनी नै दिइसकेका छन् ।

    सोही कारण अहिले ओलीलाई भेट्न सफारी रिसोर्टमा नेता कार्यकर्ताको घुइँचो छ । सहमति गरौं भन्दै ओलीले घनश्याम भुसाललाई भेट्न बोलाएका थिए ।

    तर, भुसालले अस्वीकार गरिदिएपछि ओलीको पारो तातेको छ । यसअघि रावलले पनि ओलीलाई लाइन लागेर नभेट्ने बताइसकेका छन् । रावल अहिले प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend