काठमाडौं - एमालेबाट निष्कासित नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई मन्त्रिपरिषद् विस्तारको तयारीप्रति दह्रो कटाक्ष थरेका छन् ।
ओलीले जसपालाई सरकारमा ल्याउन आठ मन्त्रीसहित दुई राज्यमन्त्री दिने तयारी गरेको चर्चा चलेसँगै रावलले सामाजिक सञ्जालमार्फत ओलीको कडा आलोचना गरेका हुन् ।
जसपाको अध्यक्ष महन्थ ठाकुरपक्षीय नेताहरु सरकारमा सहभागी हुने तयारीमा जुटेका छन् । सोमबार राति ट्विट गर्दै रावलले प्रधानमन्त्री ओलीले ‘लम्पसार’ नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी पाँच मन्त्री आफूसँग राखे हुने बताएका छन् ।
‘जसपा (महन्थ पक्ष) लाई आठ मन्त्री र दुई राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो । प्रम केपीले लम्पसार नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला ? यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने ?,’ उनले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।