काठमाडौं- सरकारले कुनै लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमा परीक्षण गर्ने र १५ दिनमा फेरि परीक्षण गर्ने निर्णय गरेको थियो ।
यदि १५ दिनमा पनि परीक्षण पोजेटिभ देखिए त्यसपछि बीना लक्षणका संक्रमितको जिम्मा सरकारले नलिने निर्णय गरेको छ ।
यद्यपी जनस्वास्थ्य विज्ञले भने सरकारको यो कदम ठूलो भुल हुने बताएका छन् । १५ दिनमा बिना लक्षणको मानिसमा पोजेटिभ देखिए त्यो व्याक्ति संक्रमणकै अवस्थामा रहने र त्यस्तो अवस्थामा घर गए अरु मानिसहरुमा सर्ने विज्ञहरुले बताएका हुन् ।
याे पनि
यसो हुँदा देशव्यापी रुपमा भयंकर रुपमा कोरोना फैलिने सम्भावना रहन्छ । यसरकारणले सरकारले नै गरेको यो निर्णय विज्ञहरुले भने अस्विकार गरेका हुन् ।
सबै स्पष्ट भएकै कुरा हाे कि, काेराेना भाइरसकाे संक्रमाक क्षमता निकै नै बढी छ । यसाेहुँदा लक्षण देखिएन भन्दैमा घर पठाउन खाेज्नु ठूलाे गल्ती हाे भनेर सामान्य मानिसले समेत थाहा पाउने कुरा हाे ।
संक्रमितको १० दिनपछि परीक्षण गर्नु ठिकै भएपनि सामान्य लक्षण भएका र लक्षण नभएका विरामीलाई १४ दिनपछि परीक्षण बिना घर पठाउनु नेपालको परिवेशमा सही नभएको जनस्वास्थ्य विज्ञ डा समिरमणि दीक्षितको भनाई छ।
पहिलो पटक कोरोना देखिएको चीनमा समेत ३० दिनसम्म पनि भाइरस निष्कृय नभएको परिवेशमा नेपालमा १४ दिनमा विना परीक्षण छोड्ने निर्णय पूर्ण रुपमा गलत भएको उनले बताए।
यता सरकारले भने विश्व स्वास्थ्य संगठनले १० दिनपछि कुनै पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुँदैन भन्ने तथ्यहरु पेश गरेर निर्देशिका बनाएपछि सोही अनुसार निर्णय गरिएको बताएको छ।
तर, जनस्वास्थ्य विज्ञ दीक्षितले भने तराईका जिल्लाहरुमा क्वारेन्टिनबाट परीक्षण नगरी घर पठाउँदा अहिलेको अवस्था आएको बताउँदै १५ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोचले उपत्यका तराइको जस्तो अवस्था देशभरी हुने चेतावनी दिएका हुन् ।
नेपालको परिवेशमा कुनै अनुसन्धान नै नगरी १५ दिनमा भाइरस शरीरमा रहँदैन भन्न नमिल्ने उनले बताए। सरकारले पैसा र बेड बचाउनका लागि गरेको निर्णयले भोली हजारौँ बेड थपिने अवस्था आउन सक्ने चेतावनी उनले दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।