सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देउवा सरकारमा यी मन्त्रीले पाउँदैछन् स्वास्थ्य मन्त्रालयको जिम्मा, कस्तो गर्लान् काम ?

देउवा सरकारमा यी मन्त्रीले पाउँदैछन् स्वास्थ्य मन्त्रालयको जिम्मा, कस्तो गर्लान् काम ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 17.1K
    SHARES

  • देउवा सरकारमा यी मन्त्रीले पाउँदैछन् स्वास्थ्य मन्त्रालयको जिम्मा, कस्तो गर्लान् काम ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेको धेरै दिनसम्म पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन् ।

    कोरोना भाइरस संक्रमणको महामारीको तेस्रो लहर आउने चर्चाबीच मन्त्रालयको जिम्मा कसले पाउँछन् ? सर्वत्र चासोको विषय बनेको छ ।

    यसैबीच देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन् । अब मन्त्रीमा कसलाई नियुक्त गर्लान् ?

    महामारीका बेला सरकारको कामको मूल्यांकन हुने भएकाले देउवाले स्वास्थ्य मन्त्रालय आफ्नै दल र समूहभित्र राख्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ । देउवाले गृहमन्त्रीमा आफ्ना विश्वासपात्र बालकृष्ण खाँणलाई जिम्मेवारी दिइसकेका छन् भने स्वास्थ्य मन्त्रालयमा पनि यस्तै विश्वसनीय पात्रको खोजी भइरहेको छ ।

    देउवा सरकारमा पहिलो चरणमै सहभागी भएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने चर्चा कांग्रेसभित्रै सुरु भएको छ । कार्कीलाई स्वास्थ्यमा ल्याउने र कानून मन्त्रीमा कानूनी पृष्ठभूमिकी पुष्पा भुसाललाई ल्याउने तयारी रहेको स्रोतले जनाएको छ । तर यसबारे देउवाले अझै सोचविचार गर्ने र सुझाव सल्लाह समेत बुझेर निर्णय लिने जनाइएको छ ।

    स्वास्थ्यमन्त्री फरक दल र फरक गुटलाई दिँदा महामारीका बेला सरकारकै बदनाम हुने काम हुनसक्ने र सरकार नै असफल हुने भएकाले देउवाले आफ्ना अत्यन्तै विश्वासिला पात्रलाई स्वास्थ्यमन्त्री बनाउन लागेका हुन् । यसअघि कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला गुटबाट उमाकान्त चौधरी स्वास्थ्यमन्त्री बन्ने चर्चा भएपनि उनलाई अरु नै मन्त्रालयको जिम्मेवारी पाइने स्रोतले जनाएको छ ।

    स्वास्थ्यमन्त्रीमा गगनकुमार थापाको नाम समेत अगाडि आएपनि उनलाई सिटौला गुटले मन्त्रीमा सिफारिस नगरेपछि उनी सरकारमा सहभागी नहुने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend