काठमाडौं- स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ ।
मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आज सो निर्णय गरेका हुन् ।
यो निर्णयसँगै अस्पताल नभएका ६४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुनेछ ।
सोका लागि आवश्यक औजार र उपकरण खरिदका लागि आजै रु ६४ करोड निकासा भएको छ । यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेका चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।
यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ ।
यसरी सबै स्थानीय तहमा अस्पताल सेवा विस्तारका लागि सङ्घीय सरकारको यो पहिलो निर्णय हो ।
मन्त्री ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार निजी तथा सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी आजै मन्त्री ढकालले नीतिगत निर्णय गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।