काठमाडौं – कोरोना भाइरस संक्रमण विरुद्धको खोप बनाउन संसारभरका वैज्ञानिक लागिरहेका छन् । स्पष्ट रूपमा कोरोनाको खोप कहिलेसम्म बनिसक्छ भन्ने यकिन भइसकेको छैन ।
तर गतिलो काम केही नगर्ने कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भने खोप नआउँदै गफ दिन थालेका छन् ।
चितवनको भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको सोमबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत नेपाली जनतालाई उपलब्ध गराउने गफ दिएका छन् । सरकारले कोरोनाको परीक्षण पनि निःशुल्क गर्न नसकेर शुल्क लिन निर्देशन दिएको थियो । चर्काे दबाब र अदालतको फैसलापछि पुनः निःशुल्क परीक्षणको निर्णय गरेको छ ।
कोरोनाको सामान्य परीक्षण नै निःशुल्क गर्न नसक्ने सरकारका मन्त्रीले त्योभन्दा महंगो खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने भनेर गफ दिन थालेका छन् । कार्यक्रममा उनले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए ।
‘खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ,’ उनले भने, ‘खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।’ मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् । तर हामीले गरेको सेवा गर्भ गर्न लायक रहेको बताए ।
‘कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्त्वपूर्ण रहेको छ,’ उनले भने, ‘कुनै जात, धर्म, लिङ्ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।