बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नयाँ एमालेले ‘सूर्य’ त पायो तर दुई डाँडाबीचको उदाउँदो सूर्य !

नयाँ एमालेले ‘सूर्य’ त पायो तर दुई डाँडाबीचको उदाउँदो सूर्य !

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 6.4K
    SHARES

  • नयाँ एमालेले ‘सूर्य’ त पायो तर दुई डाँडाबीचको उदाउँदो सूर्य !

    काठमाडौँ- सत्तारुढ दल नेकपा विभाजन भइहाल्ने खतरा टाढा देखिन्छ, तर अहिलेको मूलपार्टी विभाजित गररे पुरानै नेकपा (एमाले) व्युँतिने र चुनाव चिह्न ‘सूर्य’ बनाउने गरी चलखेल भएको चर्चा थियो ।

    नभन्दै नयाँ एमालेले ‘सूर्य’ त पायो तर दुई डाँडाबीचको उदाउँदो सूर्य । चर्चा गरिँदैछ कि, चुनाव चिह्न त्यही हो । तर, निर्वाचन आयोगलाई व्यवस्थापन गर्न बनेको ऐन र कानुनहरूले नयाँ उदाउँदो सूर्यलाई नयाँ एमालेको चुनाव चिह्न मान्न सक्दैन । कुनै तहको निर्वाचन कार्यक्रम घोषणा गर्ने क्रमको एउटा कार्यक्रम हुन्छ, चुनाव चिह्न प्रदान गर्ने ।

    अहिले देशमा कुनै तहको निर्वाचनका कार्यक्रम प्रकाशित छैनन् । तर, राजनीतिक दलहरूको दर्ता, एकीकरण र विभाजनका सूचना भने कुनै पनि समय खुला रहन्छ ।

    एमाले दर्ता भएको पनि त्यही व्यवस्थाभित्र हो । निर्वाचन आयोग स्रोतका अनुसार, नयाँ एमालेका लागि अनुमोदित भएको ‘दुई डाँडाबीचको उदाउँदो सूर्य’ चुनाव चिह्न नभएर उक्त दलको संकेत चिह्न (ट्रेडमार्क), अर्थात् लोगोमात्रै हो ।

    राजनीतिक दल दर्ता गर्नुपूर्व उक्त दलको बैठकले तोकेका पदाधिकारी, विधान, राजनीतिक दस्तावेज, केन्द्रीय कार्यालयको ठेगानासँगै नाम, झण्डा र संकेत चिह्न (लोगो) पनि पेश गर्नुपर्छ । त्यही क्रममा एमाले नाममा दल दर्ता गर्ने सामग्री पेश गर्न गएकाहरूले त्यस्तो संकेत चिह्न पेश गरका थिए ।

    तर, राजनीतिक दल दर्ता गर्न आवेदन गरिएको ४५ दिनभित्र दर्ता हुने वा नहुने कुराको छिनोफानो लागिसक्नुपर्ने कानुनी व्यवस्था भने नयाँ एमालेका सन्दर्भमा लागु भएन । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend