बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओलीको प्रधानमन्त्री र अध्यक्ष पद बारे कार्यदलले तयार गर्‍यो यस्तो खाका, बालुवाटारलाई तनाब

ओलीको प्रधानमन्त्री र अध्यक्ष पद बारे कार्यदलले तयार गर्‍यो यस्तो खाका, बालुवाटारलाई तनाब

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 24.3K
    SHARES

  • ओलीको प्रधानमन्त्री र अध्यक्ष पद  बारे  कार्यदलले तयार गर्‍यो यस्तो खाका,  बालुवाटारलाई तनाब

    काठमाडौँ- पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले सहमतिको खाकासहितको प्रतिवेदन तयार पारेको छ।

    प्रतिवेदन छिटै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइने तयारी गरिएको कार्यदलका एक सदस्यले बताए।

    अध्यक्षद्वय ओली र दाहालका बीचमा पछिल्लो समय सरकारी नियुक्तिका विषयमा विवाद भएकाले प्रतिवेदन बुझाउनमा केही ढिलाइ भएको ती सदस्यले बताए।  आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

    ‘भोलि या पर्सि (शनिबार वा आइतबार) सम्म बुझाउँछौं, हामीले काम सकेर अन्तिम चरणमा पुगेका छौं,’ ती सदस्यले भने, ‘प्रतिवेदन कार्यान्वयन भए पार्टीको विवाद समाधान हुन्छ।’

    नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गत शुक्रबार गठन भएको थियो । कार्यदलले गत शनिबारदेखि काम सुरु गरेको हो।

    कार्यदलका एक सदस्यका अनुसार गत ४ मंसिर २०७६ मा भएको सहमतिअनुसार नै प्रतिवेदनमा ओली र दाहालको कार्यविभाजनलाई पुनव्र्याख्या गरिएको छ । ओलीले पूर्ण रूपमा सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने गरी प्रतिवेदन तयार गरिएको छ।

    स्थायी कमिटीमा माग भएअनुसार ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनु नपर्ने व्यवस्था गरिएको छ।

    दाहालले पार्टी एकताको काम सकेर गत माघमा केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आगामी चैत अन्तिम साता एकता महाधिवेशनको तयारी गर्ने गरी कार्यविभाजन भएको छ। ओलीले सरकार सञ्चालन गर्ने क्रममा महत्वपूर्ण नियुक्तिका विषयमा पार्टीमा छलफल र निर्णय गरेर गर्ने गरी अगाडि बढ्नुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ।

    ‘मुख्यतः ४ मंसिरकै सहमतिअनुसारका अधिकारहरू पुनव्र्याख्यासहित दुवै अध्यक्षलाई जिम्मेवार बनाउने गरी प्रतिवेदन तयार भएको छ,’ कार्यदलका ती सदस्यले भने, ‘एकले अर्कालाई असहयोग होइन कि सहयोग र सहकार्य गरेर सहमतिमै एकता महाधिवेशन टुंगो लगाउनेसम्मको कार्ययोजना बनाएका छौं।’

    गत शुक्रबार गठन भएको कार्यदललाई सोमबारको सचिवालय बैठकले औपचारिकता प्रदान गरेको थियो । त्यसयता कार्यदलका सदस्यहरूले अध्यक्षद्वय ओली र दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहितका शीर्ष नेतासँग छलफल गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend