काठमाडौं- चीन सरकारले हङकङमा मास टेस्टिंग अर्थात धेरै मानिसहरुको कोरोना परीक्षण गर्ने योजना अघि सारेको छ । यद्यपी चीनले कोरोना भाइरसको परीक्षणका नाममा मानिसहरुको डिएनए अर्थात वंशाणुगत जानकारी संकलन गरिरहेको आशंका गरिएको छ ।
स्वेइच्छिक रुपमा सुरु भएको यो मास टेस्टिंगमा चिनियाँ स्वास्थ्यकर्मीहरुले सहयोग गरिरहेका छन् । शनिबार यो टेस्टको रजिस्ट्रेसन खुलेसँगै फ्रिमा कोरोना परीक्षण गराउनका लागि ५ लाख भन्दा बढीले फारम भरिसकेका छन् । हङकङको जनसंख्या करिब ७५ लाख रहेको छ ।
स्वास्थ्यकर्मीहरुको युनियनले चीनले यसरी निशूल्क कोरोना परीक्षण गरिदिनुमा कुनैं न कुनै योजना रहेको आशंका गरेका छन् ।
यद्यपी त्यहाँको प्रशासनले भने यो कुारको विरोध गर्दै मास टेस्टिंगले कोरोना भाइरसको नियन्त्रणमा सहयोग गर्ने बताएको छ ।
हङकङमा अहिलेसम्म ५ हजार मात्रै संक्रमित रहेका छन् । त्यसकारण हङकङ कोरोना भाइरसको नियन्त्रण गर्न सकेको अवस्थामा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।