मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

परीक्षा चाहिँ नहुने, तर ११ का विद्यार्थीसँग असुलेको ५२ करोड के गर्ने?

परीक्षा चाहिँ नहुने, तर ११ का विद्यार्थीसँग असुलेको ५२ करोड के गर्ने?

  • मिडिया डबली
  • सोमवार, श्रावण १२ २०७७

  • 6.9K
    SHARES

  • परीक्षा चाहिँ नहुने, तर ११ का विद्यार्थीसँग असुलेको ५२ करोड के गर्ने?

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का परीक्षार्थीसँ रजिष्ट्रेशन र परीक्षा शुल्क वापत असुलेको ५२ करोड रुपैयाँको बारेमा कुनै निर्णय गर्न सकेको छैन।

    यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएपछि बोर्डले उठाएको रकमको बारेमा कुनै निर्णय नभएको खबर आजको समाचारपत्र दैनिकले लेखेको छ। 

    बोर्डले कक्षा ११ मा रजिष्ट्रेशन वापत ४ सय र परीक्षा सञ्चालन खर्च ६ सय गरी प्रति बिद्यार्थी एक हजार रुपिँया संकलन गरेको थियो । विद्यालयले परीक्षा नै नभएपछि उक्त रकम फिर्ता गर्नुपर्ने तर्क गर्न थालेका छन ।

    कक्षा ११ मा करिब ५ लाख २८ हजार परीक्षार्थी सामेल हुने अवस्थामा थिए। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा केही रकम खर्च भएको जानकारी गराउदै बाँकी रकम के गर्ने भन्ने विषयमा छलफल भैरहेको बताए। ‘सबै कार्यालयबाट हिसाब मागिरहेका छौँ, हिसाब आएको केही दिनपछि बाँकी रकम के गर्ने भन्ने विषयमा निर्णय गर्नेछौँ, उनले भने।

    बोर्ड प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा कति खर्च भयो भन्ने विषयमा यकिन हिसाब निकाल्ने तयारीमा छ । बोर्डको बैठकले सबै आर्थिक विवरण तयार भएपछि बाँकी रकम विद्यालयलाई नै दिने गरी तयारी गरिरकेको छ।

    परीक्षा बोर्डले एसईई परीक्षाको खर्चको विषयमा समेत छलफल शुरु गर्ने भएको छ । एसईई परीक्षा पनि विद्यालयबाटै सञ्चालन भएपछि उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ ।

    परीक्षाफल प्रकाशित गर्ने दायित्व पनिकाको भएपनि यो वर्ष उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण १२ २०७७०९:०९:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend