बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतको गंगा नदीमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, सरकारले गर्‍यो राहत घोषणा

भारतको गंगा नदीमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, सरकारले गर्‍यो राहत घोषणा

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०८३

  • 282
    SHARES

  • भारतको गंगा नदीमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, सरकारले गर्‍यो राहत घोषणा
    फाइल तस्बिर

    काठमाडौँ- भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रमा गएराति भएको दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    प्राप्त विवरणअनुसार भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति डुंगामा सवार थिए। उनीहरू रामपुर श्यामचन्द पञ्चायतअन्तर्गत भगतान टोलमा माता महारानी स्थान नजिकै रहेको सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

    वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार दुर्घटनापछि सात जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई उपचारका लागि नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको छ।

    उनका अनुसार डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम थियो। दुर्घटनामा अन्य व्यक्ति बेपत्ता भए वा नभएको विषयमा भने उपलब्ध विवरणमा स्पष्ट जानकारी छैन।

    डुंगा पल्टिनुको कारण खुल्न सकेको छैन। घटनापछि बिहार सरकारले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend