काठमाडौं - गत बुधबार राति सिन्धुपाल्चोकमा पहिरोमा परी २ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको घटनाप्रति भारतले दु:ख व्यक्त गरेको छ । नेपालस्थित भारतीय दुतावासले उक्त घटनाप्रति दुख व्यक्त गरेको हो ।
दुतावासले ट्विटरमा लेख्दै भनेको छ, 'सिन्धुपाल्चोक लगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुनगएको जनधनको क्षतिप्रति दुखित छौं। प्रियजनहरू गुमाएका परिवारप्रति सम्बेदना एवम् प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।'
गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएसँगै देशभर बाढी पहिरो लगायतका घटनाहरु बढ्दै गएका छन् । यस घटना र विपद्बाट जाेगिन सबैलाई सचेत रहन आग्रह गरिएकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।