पूर्वी लद्दाखमा भारत र चीनबीच भएको भयानक हिंसात्मक झडपपछि दुबै तर्फबाट शान्ति कायमको प्रयास भएको छ छ । सुरक्षाका विषयमा कुरा गर्न भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चीनका विदेश मन्त्री वांगबीच आइतबार टेलिफोन वार्ता भएको छ ।
वार्तापछि भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै भनेको छ, “डोभाल र वांगबीच भारत र चीनको पश्चिमी क्षेत्रको सीमामा भइरहेको गतिविधिहरूबारे स्पष्ट र विस्तृत वार्ता भएको छ ।” दुबै पक्षमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्न दुबै देशले सीमामा शान्ति फेरि कायम गर्ने र मतभेदहरुलाई विवादको रुपमा लिनबाट रोक्ने सहमति भएको जनाइएको छ ।
दुबै पक्षले सीमानामा तनाव कम गर्ने प्रक्रियामा काम गरेका छन् । जसको अर्थ हो दुवै पक्षका सैनिक आमनेसामनेको स्थितिमा अहिले छैनन् । दुबै पक्षले चरणबद्ध रूपमा सहमत गर्ने भएका छन् । भारतले चीनसँगको विवाद बढेको पछि करोडौंका व्यापारिक एपहरु प्रतिबन्ध गरिदिएको छ भने अन्य प्रविधिजन्इ उपकरण आयातमा रोक लगाएको छ । यसले चिनलाई आर्थिक झट्का लाग्ने देखिएको छ । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।