काठमाडौं - भारतले आज (सोमबार) राति धौलीगंगा बाँध खोल्ने भएको छ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सोमबार राति १२ बजे खोल्ने भएको हो ।
धौलीगंगाको बाँध खोल्दा सुदुरपश्चिमका चार जिल्लाका नदी क्षेत्रका बस्ती उच्च जोखिममा पर्छन् । बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नदी क्षेत्रमा पानीको वहाव बढ्छ र यसले त्यस क्षेत्रका बस्तीमा डुबानको जोखिम बढाउँछ ।
भारतले भने बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोल्ने गरेको छ । यसअघि भारतले ०७० सालमा बाँध खोल्दा र्दाचुलालगायतका जिल्लामा ठूलो क्षति भएको थियो ।
यस पटक पनि नदी क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले आज अर्थात सोमबार राति १२ बजेदेखि भोलि अर्थात मंगलबार बेलुका पौने ७ बजेसम्म बाँध खोलिने जनाएको छ ।
बाँध खोलेपश्चात् मुख्यरुपले दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।