काठमाडौँ - भोटेकोशीको बाढीमा परी हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बुधबार राति सार्वजनिक गरिएको विवरणअनुसार फेला परेका शवमध्ये ४०६ पुरुष, २३६ महिला, ४३ बालिका र ३४ बालक छन्। यस्तै, ८२ शवको लिङ्ग पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार बाढीमा परी ४२१ जनाको आंशिक अंगसमेत फेला परेको छ। हालसम्म ४ हजार ८७५ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्तामध्ये ६०१ जना विदेशी नागरिक रहेका छन्।
पहिचानका लागि अहिलेसम्म १ हजार ९२ मृतकको डीएनए परीक्षण गरिएको छ। मृतकका ५६३ जना आफन्तको पनि डीएनए परीक्षण गरिएको प्रहरीले जनाएको छ।
उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीका ७ हजार ९१२ जना जनशक्ति परिचालित छन्। बाढी, पहिरो तथा उद्धारका क्रममा प्रहरीतर्फ ६५ जना प्रभावित भएका छन् भने २५ जना बेपत्ता रहेको विवरणमा उल्लेख छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।