शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०८३

  • 327
    SHARES

  • भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

    काठमाडौँ - रसुवागढी जलविद्युत् आयोजना स्थलबाट बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका लागि विशेष उद्धार टोली परिचालन गरिएको छ।

    गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनामा कार्यरत रहेका ९३ जना व्यक्तिहरू सम्पर्कविहीन भएका छन्।

    नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोलीको सहयोगमा प्रभावित क्षेत्रमा रेकी (निरीक्षण) गर्नेलगायतका खोज तथा उद्धार कार्यहरू भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार रसुवागढी जलविद्युत् आयोजनाको विभिन्न क्षेत्रमा कार्यरत ९३ जना नागरिकहरू सम्पर्कविहीन भएको पुष्टि गरिएको छ।

    इप्पानद्वारा उपलब्ध गराइएको विवरणअनुसार सम्पर्कविहीन हुनेहरूमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी रहेका छन् भने दुई जना ज्यालादारीका कर्मचारी रहेका छन्। यसैगरी, आयोजनाको निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सिडब्लुई का चार जना र भनस कन्स्ट्रक्सनका तीन जना मजदुर तथा कर्मचारीहरू पनि सम्पर्कविहीन भइरहेका छन्।

    यस बाढीका क्रममा आयोजनाको भूमिगत डिसेन्डरमा फसेका छ जना व्यक्तिहरूमध्ये चार जनाले दुई दिनसम्मको प्रयासपछि आफैँ बाहिर निस्कन सफलता प्राप्त गरेका थिए। त्यसरी बाहिर निस्कन सफल भएका चारै जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:२३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend