शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

भोटेकोशी–त्रिशूलीमा पानी घट्यो, बाढीको जोखिम अझै कायमै

भोटेकोशी–त्रिशूलीमा पानी घट्यो, बाढीको जोखिम अझै कायमै

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०८३

  • 249
    SHARES

  • भोटेकोशी–त्रिशूलीमा पानी घट्यो, बाढीको जोखिम अझै कायमै

    काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव घटेर सतर्कता तहभन्दा तल झरे पनि बाढीको जोखिम भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनमार्फत नदीको सतह घटे पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

    महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, धादिङ, गोरखालगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ।

    यस्तै, रुकुम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पनि साना नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

    तर नुवाकोट र रसुवाका साना नदी तथा खोलामा भने बहाव अत्यधिक बढ्न सक्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ। नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएको केही दिनमै आएको यो चेतावनीले प्रभावित क्षेत्रको जोखिम अझै टरिनसकेको संकेत गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:२३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend