शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुग्यो, चार हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुग्यो, चार हजारभन्दा बढी सम्पर्कविहीन

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०८३

  • 315
    SHARES

  • भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुग्यो, चार हजारभन्दा बढी सम्पर्कविहीन

    काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने चार हजार दुई सय ४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार यस विपद्को घटनामा परि हालसम्म १० हजार चार सय ५१ जना नागरिकहरूको सकुशल उद्धार गरिएको छ। प्राधिकरणद्वारा सार्वजनिक गरिएको विवरणअनुसार हालसम्म फेला परेका शवहरू विभिन्न जिल्लाहरूमा रहेका छन्।

    जसमा रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ वटा शवहरू फेला परेका छन्। यसैगरी, बाढीका कारण सम्पर्कविहीन हुने विभिन्न क्षेत्रका व्यक्तिहरूको तथ्यांक पनि सार्वजनिक गरिएको छ।

    जसअनुसार नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना रहेका छन्। त्यस्तै, विभिन्न जलविद्युत् आयोजनाहरूबाट ९३३ जना, मकवानपुरबाट ६५ जना तथा सम्पर्कविहीन हुने विदेशी नागरिकहरूको सङ्ख्या ५९२ रहेको प्राधिकरणले जनाएको छ।

    यसका अतिरिक्त, नेपाल भ्रमणमा आएका विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको यस विवरणमा उल्लेख गरिएको छ। यसैबीच लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी वा व्यक्तिहरू पनि बेपत्ता तथा सम्पर्कविहीन रहेको जानकारी दिइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:२३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend