शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

भोटेकोशी बाढी: चितवनमा भेटिएकामध्ये सनाखत हुन नसकेका १९९ ओटा शवको विधिवत व्यवस्थापन

भोटेकोशी बाढी: चितवनमा भेटिएकामध्ये सनाखत हुन नसकेका १९९ ओटा शवको विधिवत व्यवस्थापन

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०८३

  • 267
    SHARES

  • भोटेकोशी बाढी: चितवनमा भेटिएकामध्ये सनाखत हुन नसकेका १९९ ओटा शवको विधिवत व्यवस्थापन

    काठमाडौँ - रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर चितवन जिल्लामा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवहरूको विधिवत व्यवस्थापन गरिएको छ।

    भरतपुर महानगरपालिका–१ स्थित देवघाट जङ्गल क्षेत्रमा आइतबार रातिसम्म ती शवहरूको व्यवस्थापन गर्ने कार्य सम्पन्न गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर पौडेलले दिएको जानकारीअनुसार विपद्पश्चात हालसम्म यस क्षेत्रमा जम्मा २७२ वटा शवहरू फेला परेका छन्। फेला परेका कुल शवहरूमध्ये १९९ वटा शवहरूको सनाखत हुन नसकेपछि सुरक्षित तवरले व्यवस्थापन गरिएको छ भने १२ वटा शवहरूको मात्रै सनाखत हुन सकेको छ।

    भविष्यमा डिएनए परीक्षण गर्दा बेपत्ता भएका व्यक्तिहरूको परिवारसँग सहजै मिलान हुन सक्नेगरी डिएनए नमूनाहरू पूर्ण रूपमा सुरक्षित राखिएको प्रहरी उपरीक्षक पौडेलले बताएका छन्। भविष्यमा आफन्तको पहिचान खुलेमा सुरक्षित राखिएको स्थानबाट शव बुझाउन मिलोस् भन्नका लागि विशेष सङ्केत चिन्ह (संकेतहरू) राखेर नै ती शवहरूको व्यवस्थापन गरिएको छ।

    यसरी सनाखत भएका अन्य शवहरूको भने आवश्यक परीक्षण कार्य पूरा गरी परिवारजनलाई बुझाइएको छ। यसैबीच, हालसम्म नदी किनारमा भेटिएका कुल २७२ वटा शवहरूको विस्तृत विवरण पनि सार्वजनिक गरिएको छ।

    प्रहरीका अनुसार फेला परेका शवहरूमा ११०० पुरुष, ६२ जना महिला, ७ जना बालक, ६ जना बालिका र ८७ वटा अन्य (अवेषश वा पहिचान खुल्न नसकेका अङ्गहरू) रहेका छन्।

    नदी किनार तथा जङ्गल क्षेत्रमा अझै पनि शवहरू फेला पर्ने क्रम निरन्तर जारी रहेको हुनाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोलीलाई खोजी तथा शव व्यवस्थापनको कार्यमा उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:२३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend