काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढी तथा त्यसबाट विभिन्न जिल्लामा भएको विपद्मा हालसम्म एक हजार तीन जनाको मृत्यु पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ३ हजार ९ सय १६ जना सम्पर्कविहीन छन्।
प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १ बजेसम्मको विवरणअनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन्। चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ शव फेला परेको जनाइएको छ।
विपद्मा २७९ जना घाइते भएका छन् भने १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८८४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
नेपाली सेनाले मात्रै हवाई उद्धारमार्फत ३ हजार ५०९ नेपाली र २७३ विदेशी नागरिकलाई सुरक्षित स्थानमा ल्याएको जनाएको छ। प्राधिकरणका अनुसार खोजी, उद्धार र राहत कार्य अझै जारी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।