काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार (चैत १ गते) आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। पार्टीकाे केन्द्रीय आन्दाेलन संयाेजन कमिटीका अनुसार अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा आन्दोलनका विशेष कार्यक्रम घोषणा गरिनेछ।
कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो १२ः३० मा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा हुने केन्द्रीय आन्दाेलन संयाेजन कमिटीले जनाएको छ। पछिल्लाे समय राजावादीहरू सलबलाएपछि त्यसविरुद्ध गणतन्त्रवादी दलहरू असन्तुष्ट छन्।
यसलाई लक्षित गरेर नेकपा समाजवादीले आन्दाेलनका कार्यक्रम घाेषणा गर्न लागेकाे हाे। फागुन २६ गते बसेको सचिवालय बैठकले चैत १ गतेबाट सडक संघर्षमा जाने गरी आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।