काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा जाँदैछन्। पोखरा महानगरपालिका- १८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव उद्घाटन गर्न उनी पोखरा जान लागेका हुन्।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १० बजे काठमाडौंबाट सराङकोट धाम पुग्ने तय भएको छ। उनले सराङकोट टपमा बनेका विशाल पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिरलगायतका देवालय उद्घाटन गर्ने सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए।
समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्बोधन गर्नेछन्।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्युटावर, बहुउद्देश्यीय भवन, भूमे कालिका र स्वागतद्वार बनिसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।