मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

ओडिशाका उच्च शिक्षामन्त्रीसँग परराष्ट्रमन्त्री राणाले गरिन टेलिफोन वार्ता

ओडिशाका उच्च शिक्षामन्त्रीसँग परराष्ट्रमन्त्री राणाले गरिन टेलिफोन वार्ता

  • मिडिया डबली डेक्स
  • बुधवार, फाल्गुण ७ २०८१

  • 1.1K
    SHARES

  • ओडिशाका उच्च शिक्षामन्त्रीसँग परराष्ट्रमन्त्री राणाले गरिन टेलिफोन वार्ता

    काठमाण्डाै । परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिशाका उच्च शिक्षामन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ ।

    मन्त्री राणाले ओडिशाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गर्नुभएको हो ।

    फोनवार्ताका क्रममा भारतीय मन्त्री सुरजले घटनालाई ओडिशा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराउनुभएको छ ।

    यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वय गरिरहेका छन् । कलेजले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक रूपमा माफी माग्नुका साथै विद्यार्थीहरूलाई होस्टलमा फर्कन अपील गरिसकेको छ भने नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गर्ने कर्मचारीहरूलाई बर्खास्त गरी कारबाही गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ७ २०८१०६:५८:३०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend