बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार

पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ २९ २०८१

  • 489
    SHARES

  • पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार

    बझाङ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ। 

    गए राति करिब साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ।

    घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ।

    बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न तीन जना—२९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। 

    पीडित सिंहले होटलमा बोलाएर समूहले आफूमाथि चक्कु प्रहार गरेको बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १ २०८१०४:३४:१५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend