आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्टिल र आल्मुनियमको आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

स्टिल र आल्मुनियमको आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

  • मिडिया डबली डेक्स
  • सोमवार, माघ २८ २०८१

  • 687
    SHARES

  • स्टिल र आल्मुनियमको आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने बताउनुभएको छ।

    एनएफएल सुपर बाउलमा सहभागी हुन जाने क्रममा विमानभित्र रिपोर्टरसँगको कुराकानीमा ट्रम्पले कर स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने बताएका हुन्। उक्त विषयमा आज नयाँ घोषणा हुने ट्रम्पको भनाइ छ।

    घातुमाथि अहिलेसम्मकै ठूलो भन्सार शूल्कको घोषणाले अमेरिकी व्यापार नीतिमा सुधार आउने टिप्पणी भइरहेको छ। 

    ट्रम्पले आफ्नो पहिलो कार्यकालमा समेत स्टिलमा २५ र आल्मुनियममा १० प्रतिशत कर लगाए।  तर, पछि क्यानडा, मेक्सिको र ब्राजिललगायत थुप्रै व्यापारिक साझेदारलाई कर मुक्त कोटा प्रदान गरिएको थियो।

    सरकार र अमेरिकी आइरन एण्ड स्टिल इन्स्टिच्युटको तथ्यांकअनुसार अमेरिकामा स्टिल आयातको सबैभन्दा ठूलो स्रोत क्यानडा, ब्राजिल र मेक्सिको पछि दक्षिण कोरिया र भियतनाम हुन्। 

    अमेरिकालाई सबैभन्दा बढी आल्युमिनियम क्यानडाले निकासी गर्छ। उक्त करले क्यानडालाई व्यापक असर पार्ने बताइएको छ। सन् २०२४ मा क्यानडाले ७९ प्रतिशत आल्युमिनियम अमेरिका पठाएको थियो।

    यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकी वस्तुमाथि कर लगाउने जुनसुकै मुलकलाई सोही अनुपातमा पारस्पारिक कर लगाउने चेतावनी दिएका छन्।  उक्त योजनाबारे ट्रम्पले मंगलबार वा बुधबार घोषणा गर्ने बताइएको छ। घोषणाले अमेरिकाबाट फाइदा लिने मुलुकलाई असर पर्ने तर निरन्तर कर बुझाइरहेका मुलुकलाई खासै असर नपर्ने ट्रम्पको भनाइ छ।

    राष्ट्रपति ट्रम्पले गाजालाई अमेरिकाको स्वामित्वमा राख्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend