सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

संविधान संशोधनको विषयले गठबन्धन टुट्दैन : मन्त्री गुरुङ

संविधान संशोधनको विषयले गठबन्धन टुट्दैन : मन्त्री गुरुङ

  • मिडिया डबली डेक्स
  • शुक्रवार, पौष २६ २०८१

  • 1.2K
    SHARES

  • संविधान संशोधनको विषयले गठबन्धन टुट्दैन : मन्त्री   गुरुङ

    काठमाण्डाै । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति तलमाथि नहुने बताउनुभएको छ ।

    सिंहदरबारमा पछिल्लो मन्त्रिपरिषद् बैठककाे निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको ७ बुँदे सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने बताउनुभएको हो । संविधान संशोधनका लागि पूरा गर्नुपर्ने प्रक्रिया लामो हुनसक्ने भएकाले केही समय लाग्नसक्ने सङ्केत प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भनाइले अभिव्यक्त गरेको हुन सक्ने प्रवक्ता गुरुङको भनाइ छ ।

    प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि यो विषयमा अरू दलहरूसँग छलफल हुने उल्लेख गर्नुभयो ।

    गएको मङ्गलवार प्रधानमन्त्री ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा संसद्को अहिलेको कार्यकालमा दुई तिहाइ नपुगे २०८७ सालमा संविधान संशोधन हुने बताउनुभएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ९ २०७९१०:०४:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend