सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सत्ता गठबन्धनमा भयंकर ठूलो लफडा, बैठकमा यस्तोसम्म भयो 

सत्ता गठबन्धनमा भयंकर ठूलो लफडा, बैठकमा यस्तोसम्म भयो 

  • मिडिया डबली
  • सोमवार, भाद्र ६ २०७९

  • 20.5K
    SHARES

  • सत्ता गठबन्धनमा भयंकर ठूलो लफडा, बैठकमा यस्तोसम्म भयो 

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलले सिट बाँडफाँट टुंगो लगाउन नसक्ने भन्दै हात उठाएको छ। कार्यदलले सिट बाँडफाँटको जिम्मा शीर्ष नेताहरुलाई लगाएको हो। 

    कार्यदलले सिट बाँडफाँटको जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै हात उठाएपछि शीर्ष नेता आफैँ सिट बाँडफाँटका लागि जुटेका छन्। सोमवार प्रधानमन्त्री निवासमा बसेको शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँट कार्यदलले टुंगो लगाउन नसेकेको विषयमा छलफल भएको थियो। सोमबारको शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन भएको छ। 

    बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष नेताहरुबीच सिट बाँडफाँट र त्यसपछिको अवस्थाबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको बताए।

    राष्ट्रिय जनमोर्चाका तर्फबाट सदस्य रहेका हिमलाल पुरीले कार्यदलको बैठक अनिश्चित भएको बताए। 

    सिट बाँडफाँटको खाका तयार पार्न तीन वटा औपचारिक बैठक बसेपनि सहमति भने जुटाउन नसकेको हो। सिट बाँडफाँट गर्ने काम कार्यदलस्तरमा सम्भव नहुने देखेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको थियो। भदौ १ गते बुधबार बसेको कार्यदलको बैठकमा कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउन नसक्ने निष्कर्षमा पुगेपछि बिहीबार संयोजक सिटौलाले गठबन्धनका शीर्ष नेताहरुलाई भेटेका थिए। 

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि कार्यदलको बैठक अनिश्चित भएको बताए। उनले दलहरुका बीचमा आन्तरिक छलफलपछि मात्र कार्यदलको बैठक बस्ने बताए। कांग्रेसले प्रतिनिधिसभाका प्रत्यक्ष तर्फ १६५ सिटमध्ये ९० सिटलाई बटमलाइन बनाएको छ। गठबन्धनमा बाँडफाँट गर्दा ९० भन्दा तल सम्झौता नगर्न सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रबाटै चर्को दबाब छ। गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सिटको लागि अडान कायमै राखेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले कम्तीमा २५–२५ सीट पाउनुपर्ने अडान छोडेका छैनन्। 

    राष्ट्रिय जनमोर्चाले १ सिट दाबी गरेको छ। पाँचदलीय गठबन्धनमा जोडिन खोजिरहेका डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले ४ र वामदेव गौतम नेतृत्वको नेकपा एकीककरण राष्ट्रिय अभियान पार्टीले १ सिट दाबी गरिरहेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १५ २०७९०९:५६:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend