सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गठबन्धनमा माओवादी र नेकपा एसले हैसियत विर्सिएर ठूलो भाग खोजे, कसको दाबी कति?  

गठबन्धनमा माओवादी र नेकपा एसले हैसियत विर्सिएर ठूलो भाग खोजे, कसको दाबी कति?  

  • मिडिया डबली
  • बिहिवार, भाद्र ९ २०७९

  • 5.6K
    SHARES

  • गठबन्धनमा माओवादी र नेकपा एसले हैसियत विर्सिएर ठूलो भाग खोजे, कसको दाबी कति?  

    काठमाडौं ।  सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी संघ र प्रदेश निर्वाचनका लागि कार्यदल नै बनाएर सिट बाँडफाँटको काम गरिरहेको छ। कार्यदलले भदौ पहिलो साता नै सिट बाँडफाँट टुंग्याउने बताए पनि हालसम्म बाँडफाँटमा दलहरुले आ-आफ्नो दाबी नछोडेका कारण सकस भइरहेको छ। 

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसबाहेकका दलहरुले १३४ सिटमा दाबी पेश गरेका हुन्। बैठकमा कांग्रेस बाहेकका चार दलले १३४ सीटमा दाबी गरेको कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए। 

    उनका अनुसार नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी ९जसपा०ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गरेको हो। त्यस्तै, नेपाली कांग्रेसले एक सय सीटमा दाबी गरेको छ। 

    बिहीबारको बैठकमा सबै दलले आ-आफ्नो दाबी पेश गर्दै त्यसमा छलफल सुरु भएको हो। कार्यदल संयोजक कृष्णप्रसाद सिटौला कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएकोले कार्यदलले काम गर्न सकिरहेको छैन। 

    कार्यदलले यसअघि सिट बाँडफाँटको मापदण्डबारे नेतृत्वलाई जानकारी गराएको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १५ २०७९०९:५६:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend