सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गठबन्धनले एमालेलाई अर्को झट्का दिँदै, भयो यस्तो निर्णय 

गठबन्धनले एमालेलाई अर्को झट्का दिँदै, भयो यस्तो निर्णय 

  • मिडिया डबली
  • सोमवार, जेठ १६ २०७९

  • 7.7K
    SHARES

  • गठबन्धनले एमालेलाई अर्को झट्का दिँदै, भयो यस्तो निर्णय 

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले स्थानीय चुनावको समीक्षा गरेको छ। आजको बैठकमा जिल्ला समन्वय समिति र कार्यपालिका निर्वाचनलगायतका बारेमा छलफल भएको हो।

    बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्नुको साथै स्थानीय कार्यपालिकाको निर्वाचन र जिससको निर्वाचनमा गठबन्धनसम्बद्ध पार्टीबीच सहमति कायम गरी अगाडि बढ्न गठबन्धनसम्बद्ध दलका प्रदेश र जिल्लास्तरका समितिलाई निर्देशन गर्ने निर्णय गरेको छ। 

    बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेता सहभागी थिए।

    यस्तै गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समिति संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि बैठकमा सहभागी थिए।

    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी रहेका थिए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १५ २०७९०९:५६:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend