काठमाडौं - सत्तारुढ गठबन्धनका दलबीच संसद्मा विचाराधीन नागरिकता विधेयकलाई अघि बढाउने सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकले यस्तो सहमति जुटाएको हो।
‘नागरिकता विधयेकलाई टुंगोमा पुर्याउन अघि बढाउने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने। बैठकमा शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउने विषयमा बैठकमा छलफल भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।