बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रभु बैंकको प्रभु डिजिटल क्यूब सेवा सञ्चालनमा

प्रभु बैंकको प्रभु डिजिटल क्यूब सेवा सञ्चालनमा

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष १८ २०८१

  • 696
    SHARES

  • प्रभु बैंकको प्रभु डिजिटल क्यूब सेवा सञ्चालनमा

    काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को शुरुवातसँगै विद्युतीय कारोबाररलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर (प्रभु डिजिटल क्यूब) सञ्चालनमा ल्याएको छ।

    यो सेवाको शुरु भएसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झञ्झट अन्त्य भएको बैंकले बताएको छ।

    काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न केआईओएसके मेसिनको माध्यमबाट नगद जम्मा गर्ने, निकाल्न, क्लियरिङ चेक जम्मा गर्ने, खाताको स्टेटमेण्ट प्रिन्ट गर्न सकिने लगायत सेवा ग्राहक आफैँले गर्नसक्ने व्यवस्था मिलाइएको छ।

    हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत विस्तार हुनेछ।

    यो सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने विश्वास बैंकले लिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ३० २०७७०४:०५:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend