काठमाडौँ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई प्रभु बैंकले आर्थिक सहयोग गरेको छ।
बैंकले पठाएको राहत बिहीबार गण्डकी प्रदेशका भौतिक योजना मन्त्री रामशरण बस्नेतले पीडितलाई हस्तान्तरण गरे। बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरि रु. पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको जानकारी दिए।
ढोरपाटनको वडा नं. ७, ८ र ९ मा गत भदौ १७ गते आएको भुजिखोको बाढीका कारण ३८ जना बेपत्ता भएकोमा १९ जनाको शव फेला परेको छ भने बाँकी अझै हराइरहेका छन्। सो स्थानमा विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।