आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रोमाञ्चक खेलमा श्रीलंकाले भारतलाई जितबाट रोक्यो, खेल टाई

रोमाञ्चक खेलमा श्रीलंकाले भारतलाई जितबाट रोक्यो, खेल टाई

  • मिडिया डबली
  • शनिवार, श्रावण १९ २०८१

  • 1.3K
    SHARES

  • रोमाञ्चक खेलमा श्रीलंकाले भारतलाई जितबाट रोक्यो, खेल टाई

    काठमाडौँ - भारत र श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको छ । शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको हो ।

    श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४७.५ ओभरमा अल आउट हुदै २३० रन नै बनाएपछि खेल टाई भएको हो । जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा २ विकेट गुमाएपछि खेल टाई भएको हो ।

    भारतका लागि कप्तान रोहित शर्माले सर्बाधिक ५८ रन बनाएका थिए भने अक्सर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५, विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रनको योगदान दिएका थिए ।

    त्यस्तै श्रीलंकाका बलर वानिन्दु हसरंगा र चरिथ असलंकाले ३-३ विकेट लिए भने दुनिथ वेल्लालागेले २ विकेट लिएका थिए ।यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो ।

    श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्बाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए । त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए । त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४-१४ रन बनाएका थिए ।

    त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।यो खेल टाई भएपछि अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend