काठमाडौं – भारत सरकारले तामिल नाडु र गुजरात राज्यस्थित समुद्री क्षेत्रमा वायु ऊर्जा परियोजनाका लागि ७ हजार ४ सय ५३ करोड भारु स्वीकृत गरेको छ । भारत सरकारको मन्त्रिपरिषद् बैठकले ती परियोजनाका लागि उक्त रकम स्वीकृत गरेको एनडीटीभीले जनाएको छ ।
यसअन्तर्गत ६ हजार ८ सय ५३ करोड भारु दुबै राज्यमा ५ सय मेगावाट क्षमताका परियोजना स्थापना एवम् सञ्चालनका लागि छुट्याइएको छ । बाँकी ६ सय करोड भारु भने उक्त परियोजना स्थापनाका लागि चाहिने दुई बन्दरगाहको स्तरोन्नतिमा खर्च गरिने जनाइएको छ ।
भारत सरकारले हरेक वर्ष समुद्री क्षेत्रमा सञ्चालित वायु ऊर्जा परियोजनाबाट हरेक वर्ष १ गिगावाट नवीकरणीय विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि नवीन एवम् नवीकरणीय ऊर्जा मन्त्रालयले सरोकारवाला निकायहरुसँग सहकार्य गर्ने एनडीटीभीले उल्लेख गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।