मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

रक्सौलमा नेपाल-भारतका सुरक्षा अधिकारीसहितको बैठक

रक्सौलमा नेपाल-भारतका सुरक्षा अधिकारीसहितको बैठक

  • मिडिया डबली
  • बिहिवार, चैत्र १ २०८०

  • 1.8K
    SHARES

  • रक्सौलमा नेपाल-भारतका सुरक्षा अधिकारीसहितको बैठक

    पर्सा, १ चैत। वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौलमा नेपाल भारतका सुरक्षा अधिकारीसहितको दुईपक्षीय बैठक बसेकाे छ।

    भारतमा हुन गइरहेको निर्वाचनलाई लक्षित गरेर भएको बैठकमा दुई देशका सुरक्षा अधिकारीसँगै विभिन्न क्षेत्रमा आवद्ध केही स्थानीय बुद्धिजीवीलाई पनि समेटिएको थियो।
    बैठकमा दुई देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्न, आपराधिक क्रियाकलाप रोक्न, लागुऔषध तस्करी नियन्त्रण गर्न एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ।

    त्यस्तै मानव बेचबिखन, प्रतिबम्धित सामान तस्करी, अवैध हातहतियार तथा मदिराजन्य पदार्थको ओसार पसारमा निगरानी गर्ने सहमति भएको नेपाली सुरक्षा अधिकारीले बताएका छन्। 
    बुधवार अबेरसम्म चलेको बैठकमा भारतीय सीमासुरक्षा बल एसएबी फोर्सका आईजीपी पंकज दरादले नेपाल–भारतमैत्री सम्बन्ध सुमधुर बनाउन एसएसबी फोर्स सदैव सकारात्मक रहेको बताएका थिए।

    मितेरी पुलमा राखिएको चेकपोस्टका कारण नेपालतर्फ भएको कठिनाईलाई मध्यनजर गरेर हटाउन लगाएको बताउँदै कठिनाइको लागि आत्मआलोचना गरेका थिए।

    भारतमा हुनगइरहेको लोकसभाको निर्वाचनलाई लिएर सुरक्षा व्यवस्था दुरुस्त राख्न नेपालको तर्फबाट पूर्ण सहयोग हुने उनले विश्वास ब्यक्त गरेका थिए।

    उनले वीरगञ्ज रक्सौलको सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरिने, जसले नेपाल आउनेजाने सर्वसाधारणलाई सहयोग पुग्ने हुने जानकारी दिएका थिए।

    बैठकमा भारतको तर्फ बाट सशस्त्र सीमा सुरक्षा बलका आईजिपी दरादका साथै उपमहानिरीक्षक एस सुब्रमण्यम, कमान्डेन्ट विकास कुमार, कमान्डेन्ट एनएस मेहरा, द्वितीयक कमान अधिकारी सुन्दरम, उपकमान्डेन्ट दीपक कृष्णा, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमार, सुरेश पट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोध ढुङ्गेल, पर्साका सशस्त्र प्रहरीका डिएस्पी सङ्गम श्रेष्ठ, ग्रिन सिटी सामुदायिक केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १ २०८०१२:४५:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend