मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

(कू)शासनको नमुना : सत्ता जोगाउन सहकारी ठगका आरोपीलाई गृहमन्त्री

(कू)शासनको नमुना : सत्ता जोगाउन सहकारी ठगका आरोपीलाई गृहमन्त्री

  • मिडिया डबली
  • बिहिवार, चैत्र १ २०८०

  • 2.0K
    SHARES

  • (कू)शासनको नमुना : सत्ता जोगाउन सहकारी ठगका आरोपीलाई गृहमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको अवधिमा तीन पटक विश्‍वासको मत लिँदै गर्दा सुशासनको निकै वकालत गरेका छन्। तर, व्यवहारमा भने सत्ता स्वार्थको बद्लाभाव र कुशासनका मतियारहरुलाई सारथी बनाएर अघि बढिरहेका छन्। 

    नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर फेरि सत्ता जोगाउनका लागि उनले सहकारी ठगीको आरोप लागेर छानबिनको दायरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

    रास्वपा सभापति लामिछानेले पनि प्रचण्डको सत्तामा टिकिरहनुपर्ने बाध्यताको फाइदा उठाउँदै सहकारी ठगीको मुद्दालाई राफसाफ गराउन सहयोग गर्नुपर्ने शर्त अघि सारेका छन्। 

    जसका लागि प्रचण्डले उनलाई गृह मन्त्रलायको जिम्मेवारी दिएका हुन्। उनले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै उनीमाथिको सहकारी ठगीको विषयको छानबिन अघि बढ्न सकेको छैन। 

    प्रचण्डले विश्‍वासको मत माग्दै गर्दा रास्वपाले गठबन्धन गर्नेक्रममै उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछानेसहित चार मन्त्रालयको शर्त राखेको थियो अनि लामिछानेमाथिको मुद्दा राफसाफ गर्नुपर्ने शर्त पूरा हुन बाँकी छ। जसका कारण संसद्को अंकगणितमा विश्‍वासको मत प्राप्त गरे पनि सन्तुष्ट भने छैनन। प्रधानमन्त्री प्रचण्डलाई नै आफू नै कति दिन प्रधानमन्त्री हुने भन्‍ने विश्‍वास छैन। 

    १५ महिनाको अवधिमा तेस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको अंकगणितको विश्‍वासको मत पनि ओरालो यात्रामा छ, जसका कारण प्रधानमन्त्रीले कति दिनसम्म आफू शक्ति रहन्छु भन्‍ने संशय पैदा भएको छ। 

    सत्ता साझेदार दल नेकपा (एस) र जनता समाजवादी पार्टी (जसपा) पार्टीले नै संसद्‌बाट प्रधानमन्त्री विरोध गरेका छन्। विवादित सांसद रवि लामिछानेलाई गृहमन्त्रालय उपलब्ध गराएकोमा उनीहरुको पनि असन्तुष्टि रहेको छ। कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग आएको र पुराना दलहरुको चर्को आलोचना गर्ने रविसँग सहकार्य गरेकोमा आक्रोशित छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १ २०८०१२:३०:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend